
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा विद्युत् सर्ट भएर दुई घर जलेर नष्ट भएको छ । बुधबार (गएराति) साढे १ बजेतिर विद्युत् सर्ट हुँदा भीम राई र उनका बुवा भगत राईको घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार भगत राईको जस्ता पाताले छाएको दुई तले घर जल्दा अन्नपात, लत्ताकपडा, कागजपत्रलगायतका सामाग्री जलेका छन् । कार्कीका अनुसार आगलागीले करिब तीन लाख बराबरको क्षति भएको छ ।
त्यस्तै भीम राईको जस्ता पाताले छाएको दुई तले घर जल्दा अन्नपात, लत्ताकपडा, भााडाकुडा, कागजपत्र सहित अन्दाजी तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij