
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्षसहित सदस्यहरूले सञ्चालक समितिबाट राजीनामा दिएका छन् । कार्यव्यस्ततालाई कारण देखाउँदै अध्यक्ष उमेश कसजु र सदस्य सुशील गुप्ता र शक्ति कुमार गाेल्याणले पदबाट राजीनामा दिएका हुन् ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले अध्यक्ष कसजु र सदस्य गुप्ता र गोल्याणको राजीनामा स्वीकृत गरेको छ । साथै, रिक्त अध्यक्षमा सञ्जय कुमार साह र सञ्चालक सदस्यमा योगेश दारुका र विदुर पुरीलाई नियुक्त समेत गर्ने निर्णय सञ्चालक समितिले गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij