
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । अनलाइन पत्रिका मिडिया हाउसका सहसम्पादक तथा भिडियो सम्पादक गंगा बहादुर (जीबी) लामालाई ललितपुर पत्रकारिता पुरस्कार २०८० बाट सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले १४ औं अधिवेशनको अवसरमा सो सम्मान गरिएको हो । ललितपुर जिल्लामा क्रियाशील रहेर सक्रिय पत्रकारिता गरेको भन्दै सम्मान गरिएको शाखाले जनाएको छ ।
जीबी लामा विगत एक दशकदेखि अनलाइन पत्रिकासँग आबद्ध हुँदै भिडियो सम्पादक/सम्पादनको जिम्मेवारी निर्वाह गर्दै आइरहेका छन् । साथै, समाचार शाखामा सहसम्पादकको रुपमा सक्रिय छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij