Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

मध्यपुर ठिमीमा निर्माणाधीन घरबाट लडेर युवकको मृत्यु

मध्यपुर ठिमीमा निर्माणाधीन घरबाट लडेर युवकको मृत्यु

  • काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीमा निर्माणाधीन घरको दास्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे १२ बजेतिर लडेर बाराको महागढी नगरपालिका-७ का १७ वर्षीय विकास कुमार गुप्ता घाइते भएका थिए ।

    images
    images
    images

    उनको दिउँसो १ बजेतिर कोरियन मैत्री अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन कार्कीले जानकारी दिए ।

    images

    गुप्ता मध्यपुर ठिमी नगरपालिका-८ बोडे स्थित फुर्सेलमा खगेन्द्र पराजुलीको घर निर्माणको काम गरिरहेका थिए । साढे ३ तले पक्की घरको दोस्रो तलाको बाहिरी वालमा झ्याल हाल्ने क्रममा लडेका थिए । पर्खालको रेलिङमा ठोक्किएर गम्भिर घाईते भएका उनलाई तत्काल अस्पताल लगिएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij