Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

वैदेशिक रोजगारमा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा ठगी गर्ने दुई जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ ज्वालामुखी गाउँपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४६ वर्षीया बिमला गुरूङ रहेका छन् ।

    images

    पक्राउमध्ये सूर्य थापाले इजरायल पठाईदिन्छु भन्दै ५ जना पीडितहरूबाट १० लाख २० हजार रूपैयाँ ठगी गरेको र बिमलाले माल्टा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सूर्य थापालाई काठमाडौं अनामनगर र बिमलालाई  काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

    उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij