Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

  • काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न बजारबाट नेपाल राष्ट्र बैंकले जेठ ७ गते बुधबार ५० अर्ब बराबर तरलता खिच्न भएकाे छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्ने भएकाे  हो ।

    images
    images
    images

    यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

    images

    राष्ट्र बैंकले सूचना जारी गरेर यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने जानकारी दिएको छ ।

    images

    निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij