Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

भट्टेडाँडामा सुख्खा पहिरो जाँदा ट्याक्टर र मोटरसाइकल पुरियो, दुई जना घाइते

भट्टेडाँडामा सुख्खा पहिरो जाँदा ट्याक्टर र मोटरसाइकल पुरियो, दुई जना घाइते

  • काठमाडौँ । ललितपुरको भट्टेडाँडा स्थित खरिबासमा सुख्खा पहिरो खसेर ट्याक्टर र मोटरसाइकल पुरिएको छ । पहिरोमा परेर मोटरसाइकल चालक र पछाडि सवारी दुई जना घाइते भएका छन् । घाइतेहरूको पहिचान खुलेको छैन । 

    images
    images
    images
     
    कान्ति राजपथ स्थित पहिरो गएको ठाउँमा बाटो अवरुद्ध भएको छ । स्काभेटरको मद्दतबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नरेश सुवेदीले बताए ।
     
    पहिरो जाँदा मकवानपुरबाट चापागाउँतर्फ आउँदै गरेको स।१ च ७३१८ नम्बरको ट्याक्टर र चापागाउँबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश–२–०३–००४ प ५६६१ नम्बरको मोटरसाइकल पुरिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij