Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विद्युत आपुर्ति

किन भइरहेको छ लोडसेडिङ्ग ?

किन भइरहेको छ लोडसेडिङ्ग ?

लोडसेडिङ्गसँग जोडेर अब इन्भटर र मैन बत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्तिपनि सत्यता नरहेको बताए ।

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्ग सँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्ग सँग जोडेर अब इन्भटर र मैन बत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्तिपनि सत्यता नरहेको बताए ।

    AGNI GROUP

    उनले भने,‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्ग संग जोडेर अब इन्भटर र मैनबत्तीको दिन आए भन्दै सामाजिक संजालमा अभिब्यक्त भनाइप्रति कत्ति पनि सत्यता नरहेको र अव नेपालमा पुनः लोडसेडिङ्ग शुरु हुने दिन आउदै नआउने ब्यहोरा आम उपभोक्ता लाई जानकारी गराउदछौ ।’

    त्यस्तै उनले ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे ।

    वेलुकाको समयमा लोड बढ्ने भएकाले आपुर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए । 

    विद्युत प्रणालीमा देखिएको समस्या दिर्घकालिन रुपमा समाधान गर्नका लागि प्राधिकरण प्रतिवद्ध भन्दै उनले आगामी दिनमा यस्ता समस्या नदोहोरिनका लागि तत्कालिन मध्यकालिन र दिर्घकालिन योजना बनाइ कार्य गरिरहेको पनि जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij