Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

सुनसरीको देवानगन्ज क्षेत्रमा कर्फ्यू तोडेर प्रदर्शन, नेपाली सेना परिचालन

सुनसरीको देवानगन्ज क्षेत्रमा कर्फ्यू तोडेर प्रदर्शन, नेपाली सेना परिचालन

  • काठमाडौं । सुनसरीको देवानगन्जमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    आइतबार राति यहाँ तनावको स्थिति सिर्जना भएको थियो। घटनामा एक जनाको मृत्यु भएको थियो भने ९ जनामाथि गोली लागेको थियो।

    AGNI GROUP

    यो घटनापछि प्रशासनले कर्फ्यू जारी गरे पनि उल्लंघन गर्दै आज मध्याह्नदेखि प्रदर्शन सुरू भएको छ। 

    प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो।

    देवानगन्ज गाउँपालिका ३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा प्रहरीको गोली लागेर सोही ठाउँका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। 

    जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगन्ज र आसपासका ५ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij