
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा.विश्वनाथ पौडेल नियुक्त गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समहति जुटेको छ ।
मंगलबार भएको छलफलमा उनीहरूबीच पौडेललाई गभर्नर बनाउने सहमति जुटेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल यसअघि गभर्नर सिफारिस समितिमा रहेकोमा कांग्रेसले गभर्नरका लागि अघि सारेको थियो । त्यसपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
पौडेलको नाममा सहमति जुटेसँगै प्रधानमन्त्री ओलीले बेलुकी ५:३० बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक डाकेका छन् ।
आजै उपप्रधान तथा अर्थमन्त्री नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक पनि बस्ने भएको छ । उक्त बैठकले गभर्नरका लागि पौडेलसहित तीनजनाको नाम सिफारिस गर्दैछ ।
समितिको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij