Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

मेलम्ची खानेपानीको इन्टेकलाई सुरक्षित स्थानमा सारिने

मेलम्ची खानेपानीको इन्टेकलाई सुरक्षित स्थानमा सारिने

  • काठमाडौँ — मेलम्ची खानेपानी आयोजनालाई दिगो रूपमा सञ्चालन गर्न इन्टेकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइने भएको छ । 

    images
    images
    images

    अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ सालको बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने जनाइएको छ ।

    images

    मेलम्ची खानेपानी आयोजनाबाट स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मण्डिखाटार र चाबहिल क्षेत्रका ६ सय ४५ किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न गरी खानेपानी वितरण गरिने भएको छ ।

    images

    काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानी वितरण प्रणाली विस्तारको कार्य अघि बढाउन भन्दै मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड बजेट छुट्याएको मन्त्री पुनले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij