
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनः स्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको सम्झनामा हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने गरिन्छ ।
यसवर्ष ‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक, सामाजिक, तथा न्यायिक क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यो दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij