Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

बञ्जरोले हानेर नवदुलहीसहित परिवारका ८ जनाको हत्या

बञ्जरोले हानेर नवदुलहीसहित परिवारका ८ जनाको हत्या

  • काठमाडौं : भारतको छिन्दवाडा जिल्लाको बोदल कछार गाउँमामा एक व्यक्तिले परिवारका ८ सदस्यलाई बञ्चरो प्रहार गरेर  हत्या गरी आत्महत्या गरेका छन् । 

    images
    images
    images

    संयुक्त परिवारमा बसोबास गर्दै आएका छोराले  आफ्नै आमा, बुवा, श्रीमती, छोरा, छोरी र भाइसहित परिवारका आठ जनालाई बन्चरोले हानेर हत्या गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । 

    images

    आरोपितले यही मे २१ तारिखका दिन बिहे गरेका थिए। पहिले उनले श्रीमतीको हत्या गरेका थिए।  त्यसपछि ५५ वर्षीया आमा, ३५ वर्षीय भाइ, ३० वर्षीया भाउजुको हत्या गरे ।

    images

    बन्चरो प्रहार गरी उनले ५ वर्षीया भतिजी तथा ४ र डेढ वर्षका भतिजाको पनि हत्या गरेको प्रहरीले जनाएको छ। त्यसपछि आफू रुखमा भुण्डिएको प्रहरीले  प्रारम्भिक अनुसन्धानमा उल्लेख गरेको छ ।

    आरोपित व्यक्ति मानसिक रोगी भएको तर हाल अवस्था ठिक रहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij