
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । झापा गौरादह नगरपालिका-१ बेलडाँगी चोकबाट भागेका दुई दाजुभाइ मंगलबार राति भेटिएका छन् । भुपेन खड्काका छोराहरू १४ वर्षका खगेन्द्र खड्का र देव खड्का नाम गरेका दाजुभाइ सामाजिक सञ्जालमा पोस्ट भाइरल भएपछि भेटिएका हुन् ।
उनीहरु राति घरबाट झन्डै ३० किलोमिटर पर रहेको पथरीमा भेटिएका हुन् ।
स्थानीय मोती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उनीहरु मंगलबार बिहान १० बजे घर छाडेर हिँडेका थिए । उनीहरूले आफूलाई नखोज्न भन्दै ठुलो भएपछि घर फर्कने उल्लेख गर्दै नोट लेखेका छाडेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij