Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

अब नेपालभर पठाओ पार्सल डेलिभरी सेवा

अब नेपालभर पठाओ पार्सल डेलिभरी सेवा

  • काठमाडौँ - राइड सेयरिङमा अग्रणी कम्पनी पठाओ नेपालले आफ्नो 'पठाओ पार्सल' सेवालाई देशभर विस्तार गरेको छ । केही महिनादेखि परीक्षण गरिरहेको यो सेवाबाट अब भने मुलुकभर तीन सयभन्दा बढी ठाउँमा सामान पठाउन सकिने कम्पनीले जनाएको छ ।  

    images
    images
    images

    व्यवसायीले  कम्पनीका अनुसार काठमाडौँ उपत्यकाभित्रका मर्चेन्टले दिउँसो तीन बजेपछि  डेलिभरीका लागि एक  पटकको पिकअपका लागि २० भन्दा बढी एकरएक केजीका पार्सल  दिएमा प्रत्येक पार्सलको डेलिभरीका लागि ७९ रुपैयाँ लाग्छ भने पिकअप निःशुल्क रहेको छ ।

    images

    “कम्पनीले देशभरका विभिन्न स्थानमा कार्यालय स्थापना सुरू गरिसकेको छ”, कम्पनीका  प्रवक्ता शशांक शमशेर थापाले भने, “पछिल्लो पाँच महिनामा पठाओ पार्सलले पाँच सयभन्दा बढी विजनेस र मर्चेन्टलाई डेलिभरी सुविधा दिएको छ ।”

    images

    पठाओ पार्सलमा आबद्ध मर्चेन्टलाई पठाओ कम्पनीले ‘ड्यासबोर्ड’ तालिम दिने र मर्चेन्टले आफ्नो सामान कहाँ पुग्यो भनेर ड्यासबोर्डमार्फत नै निगरानी गर्न सक्ने बताइएको छ । पठाओ पार्सलबाट डेलिभरी गर्दा काठमाडौँ उपत्यकामा २४ घण्टाभित्र सामान डेलिभरी हुनेछ भने उपत्यका बाहिरका मुख्य सहरमा दोस्रो दिन डेलिभरी हुने र बाँकी स्थानमा तीन दिनभित्र डेलिभरी हुने कम्पनीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij