Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

आईएलओ ‘गभर्निङ बडी’मा नेपाल निर्वाचित

आईएलओ ‘गभर्निङ बडी’मा नेपाल निर्वाचित

  • काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को गभर्निङ बडीमा सर्वसम्मतिले निर्वाचित भएको छ । तीन वर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    उपसदस्यका रूपमा नेपाल २०२४ देखि २०२७ सम्मको कार्यकाल चलाउने छ । जसमा सरकार, रोजगारदाता र ट्रेड युनियनको प्रतिनिधित्व हुन्छ ।

    images

    जेनेभामा जारी आईएलओको ११२औँ अन्तराष्ट्रिय सम्मेलनमा गत शुक्रबार मतदान भएको थियो । मतदानमा एसिया–प्यासिफिक क्षेत्रबाट नेपाल निर्वाचित भएको हो । मतदानमा १८७ मुलुकले सहभागिता जनाएको थियो । जसमध्ये नेपालले १८५ मत प्राप्त गरेको थियो ।

    images

    आगामी १५ जुनमा ‘गभर्निङ बडी’ को बैठकको ३५१ औ सत्रबाट नेपालले जिम्मेवारी पाउनेछ । उपसदस्यको हैसियतमा नेपालले श्रमस्तरलाई अगाडि बढाउन, मर्यादित कामको प्रवर्द्धन गर्न र आईएलओमा लोकतान्त्रिक र समावेशी निर्णय प्रक्रियामा त्रिपक्षीय सहयोग अभिवृद्धि गर्न योगदान गर्नै अवसर पाउनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij