
May 20 2025 | २०८२, जेठ ६ गते
तनहुँ । तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन्। आँबुखैरेनी गाउँपालिका(६ हिलेखर्क स्थितमा ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन्।
बिरामी पर्नेमा डिलबहादुर गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकोृ छ । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij