Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीनजना पक्राउ

कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीनजना पक्राउ

  • काठमाडौं । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका-९ जितपुरका २१ वर्षिय दिक्षान्त मोरोहाङ लिम्बू, सोही स्थानका १७ वर्षिय संगम लिम्बू र १७ वर्षिय अशोक लिम्बू छन् ।

    images
    images
    images

    पशु कल्याण संघ काठमाडौंले दिएको उजुरीको आधारमा उनीहरूलाई जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।

    images

    घटना केहिदिन अघिकै हो । सामाजिक सञ्जालमा भिडिओ बाहिरिएपछि पशु कल्याणले उजुरी दिएको थियो । ललितपुरका इरफान खानले पनि प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए ।जिउँदै खाल्डोमा पुरेर कुकुरको बच्चाको हत्या, तीन जना पक्राउ

    images

    सुगम मोराहाङ लिम्बू नामक फेसबुक एकाउन्टमा सो भिडियो पोस्ट भएको थियो । उनीहरूले कुकुरलाई त्यति क्रूरतापूर्वक किन हत्या गरे भन्ने खुलेको छैन ।

    भिडिओ बनाउने हेतुले उनीहरूले हाँसिमजाक गर्दै कुकुरको बच्चालाई तड्पाउँदै जिउँदै खाल्डोमा पुरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

    नेपालको प्रचलित कानुनअनुसार यस्तो घृणित कार्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ । मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशुप्राणीलाई क्रूरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij