
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कंलकीस्थित प्लाजा गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन २९ ग्राम ३ सय ८० मिलिग्रामसहित बर्दिया गुलरिया नगरपालिका-६ बस्ने ३० वर्षीय बिजय गुप्ता र नागार्जुन नगरपालिका-२ सानो भर्याङबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम २ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने कैलाली लम्कीचुहा नगरपालिका-१ घर भएका ४३ वर्षीय टंक बहादुर शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेकोहो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij