
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । काठमाडौंका दुई फरक स्थानमा एक एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२४ किलागलस्थित घरमा भाडामा बस्ने ६७ वर्षीय रामकृष्ण श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् उनी सो घरको भ¥याङ चढ्ने सिढी छेउमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका थिए ।
यसैगरी काठमाडौं महानगरपालिका–२१ जैसीदेवलस्थित जैसीदेवल मन्दिरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
दुबै घटनाका सम्बन्धमा काठमाडौं प्रहरी परिसर माइतीघरले अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij