
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका यात्रु र दुईवटा बसको खोजीका लागि भारतीय टोली नेपाल आइपुगेको छ ।
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न १२ जनाको टोली स्थलमार्ग हुँदै नेपाल आइपुगेको हो । टोलीले आइतबारबाटै बेपत्ता यात्रु र बसको खोजीकार्य सुरु गर्नेछ ।
विभिन्न उपकरणसहित नेपाल आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य सुरु गर्ने जनाइएको छ । बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij