
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । सौर्य एयरको विमान दुर्घटनमा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमको काम सकिएको अस्पतालले जनाएको छ ।
मृतकका परिवारले भने क्षतिपूर्तीको विषय टुंगो लगाएपछि मात्रै शव बुझ्ने अडानमा छन् । उनीहरूसँग सरकारी पक्षले छलफल थालेको छ । अस्पतालका फोरेन्सिक विभागका प्रमुखप्रमुख डा.गोपाल प्रसाद चौधरीका अनुसार, लगातार गरिएको पोस्टमार्टमपछि शुक्रबार बिहान काम सकिएको हो । चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ ।
पोस्टमार्टमका लागि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भक्तपुर जिल्ला अस्पताल समेतका गरी २५ जना चिकित्सकहरू खटिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij