Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सर्वोच्च अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदैछ।
४२ दिनदेखि रूपन्देही कारागारमा रहेका लामिछानेको मुद्दा यसअघि पाँच पटकसम्म ‘हेर्न नमिल्ने’मा परेको थियो। आइतबार न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासले सो मुद्दा ‘हेर्न मिल्ने’ इजलासमा राख्न आदेश दिएको थियो।
बन्दी प्रत्यक्षीकरणको रिटको संवेदनशीलता लाई मध्यनजर गर्दै, सर्वोच्च अदालतले यसलाई प्राथमिकतामा राखेर सुनुवाइ गर्नुपर्ने बताएको छ।
न्यायाधीशहरू हरिप्रसाद फुयाल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोख्रेलले यस मुद्दालाई हेर्न नमिल्ने अवस्था रहेको छ। त्यसबाहेक, अन्य कुनै न्यायाधीशले पनि मुद्दा हेर्न नमिल्ने भए, त्यसलाई यकिन गरी सोमबार ‘हेर्न मिल्ने’ न्यायाधीशहरू बाट मात्र गोलाप्रथा द्वारा इजलास तोक्ने निर्णय भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij