Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

घट्यो सन नेपाल लाइफको नाफा

घट्यो सन नेपाल लाइफको नाफा

  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

    images
    images
    images

    प्रकाशित विवरण अनुसार इन्स्योरेन्सले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित प्रिमियम १५.७८ प्रतिशत, कुल आम्दानी १४.२४ प्रतिशत, खुद दाबी भुक्तानी १०.५९ प्रतिशत र कुल खर्च १२.४७ प्रतिशत बढेको छ । नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि २० रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५१ पैसामा झरेको छ ।

    असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij