
May 07 2025 | २०८२, वैशाख २४ गते
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने तीन जनासँग धरौटी माग गरिएको छ । जिल्ला अदालत काठमाडौंका शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले धरौटी माग गरेको हो ।
सूचना अधिकारी दिपककुमार श्रेष्ठकाअनुसार दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैसी र झापा घर भई बानेश्वर बस्ने ५५ वर्षीया सीतादेवी राईसँग एक–एक लाख रुपैयाँ माग गरिएको हो ।
गत माघ २ मा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा रास्वपा सभापति रवि लामिछानेविरुद्ध बहस गरेका त्रिपाठीमाथि अदालत परिसमार हातपात भएको थियो ।
त्रिपाठीले ज्यान मार्न नहुने कसुरमा जाहेरी दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij