Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

विपद् प्राधिकरणको कार्यकारी प्रमुखका लागि ५ जना सर्ट लिष्टमा छानिए

विपद् प्राधिकरणको कार्यकारी प्रमुखका लागि ५ जना सर्ट लिष्टमा छानिए

  • काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि ५ जनाको नाम छोटो सूची (सर्ट लिष्ट)मा छनौट भएको छ । प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ति सिफारिसका गर्न गठित सिफारिस समितिले कार्यकारी प्रमुखका लागि १६ जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिष्टमा छानेको हो ।

    images
    images
    images

    सर्ट लिष्टमा नाम छनौट हुनेमा दशरथचन्द नगरपालिका ४ बैतडी घर भएका दिनेशप्रसाद भट्ट, नवदुर्गा ३ डडेल्धुराका धर्मराज उप्रेती, पोखरा १० कास्कीका वसन्तराज अधिकारी, सुनिल स्वमृती २ रोल्पाका मन्दिप सुवेदी र विराटनगर १० मोरङका सुमनकुमार कर्ण रहेका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि २०८१ को दफा १२ को खण्ड ‘च’ को ३ अनुसार प्राधिकरणको कार्यकारी प्रमुखका छनौटका लागि बुधवार बिहान ८ गृह मन्त्रालयमा अन्तरवार्ता तोकिएको छ ।

    अन्तरवार्तामा सहभागी हुँदा उम्मेदवारले दरखास्तका साथ पेश गरेका सबै सक्कल कागजात र प्रमाण सहित तोकिएको समय भन्दा एक घण्टा अघि नै उपस्थित भइसक्दा सूचनामार्फत आग्रह गरिएको छ ।

    गत मंसिर १४ गते प्राधिकरणको कार्यकारी प्रमुखका लागि आवेदन आव्हान गरिएको थियो । जसमा १६ जनाले आवेदन दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij