Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

नक्कली शरणार्थी प्रकरण- सर्वोच्चले दिएन पूर्व गृहसचिव पाण्डेलाई थुनामुक्त गर्न आदेश

नक्कली शरणार्थी प्रकरण- सर्वोच्चले दिएन पूर्व गृहसचिव पाण्डेलाई थुनामुक्त गर्न आदेश

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । पाण्डेलाई गैरकानूनी थुनामा राखेको भन्दै परेको रिटमा सर्वोच्चले अन्य आदेश दिएको हो ।

    images
    images
    images

    न्यायाधीश सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासले पाण्डेकी पत्नी मन्जुले दायर गरेको रिटमा माग बमोजिम आदेश दिन अस्वीकार गरेको हो । आफ्ना पतिलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै पाण्डेकी पत्नी मञ्जु पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

    नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले बालकृष्ण खाँण, टोपबहादुर रायमाझी तथा सचिव पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो । जिल्ला अदालतको उक्त आदेशविरुद्ध खाँणसहित १६ जना उच्च अदालत पाटन पुगेका थिए ।

    पछि खाँण उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा भएका थिए । पाण्डेसहित अन्यलाई भने कारागारमै पठाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij