
May 07 2025 | २०८२, वैशाख २४ गते
काठमाडौं । सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ घर भई हाल बसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती–१ घर भई बसन्तपुरबस्ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक छन् ।
यसअघि नरेन्द्र देउला पाँच वटा चोरी मुद्दा र एउटा ज्यान मुद्दामा पनि संलग्न भएर कारागार र धरौंटीमा छुटेको पनि प्रहरीले जनाएको छ ।
उनीहरूले माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको फस्कु शैलुङ नगरपालिका–७ की सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले सुनको नेक्लेस एक, सुनको सिक्री एक, सुनको औठी एक, गालेको सुन एक ढिका, सुनको तिलहरी एक, सुनको कल्ली एक, सुनको झुम्का एक, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का एक गरी लगभग ११ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij