
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । .
कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र नवलपरासीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
साथै, तोकिएको म्यादभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij