Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

गभर्नर छनोट सिफारिश समितिको सदस्यमा अधिकारी नियुक्त

गभर्नर छनोट सिफारिश समितिको सदस्यमा अधिकारी नियुक्त

  • काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनोट सिफारिश समितिमा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

    images
    images
    images

    समितिका सदस्य डा.विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सिफारिश समितिमा राखिएको हो । भट्टराईले एक महिनासम्म पनि बैठक बस्न नसकेको भन्दै राजीनामा दिनुभएको थियो ।

    हिजो बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीलाई सिफारिश समितिमा राख्ने निर्णय गरेको हो । उहाँलाई पूर्व गभर्नरको तर्फबाट राखिएको हो ।

    उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वको सिफारिश समितिमा विज्ञ सदस्य विश्व पौडेल हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij