Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

आईपीएल २०२५ स्थगित

आईपीएल २०२५ स्थगित

  • काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ स्थगित गरिएको छ । भारत र पाकिस्तान बीचको सीमापार तनावलाई ध्यानमा राख्दै बीसीसीआईले यो निर्णय गरेको हो । औपचारिक घोषणा चाँडै हुने बताइएको छ ।

    images
    images
    images

    आईपीएलले बिहीबार पञ्जाब किंग्स (पीबीकेएस) र दिल्ली क्यापिटल्स (डीसी) बीचको खेल पहिलो इनिङको बीचमा छोड्ने निर्णय भएको थियो। हिमाञ्चल प्रदेशको धर्मशाला रंगशालामा खेल भइरहेका बेला विमानस्थल र नजिकैका क्षेत्रहरूमा ड्रोन र रकेट आक्रमण भएका थिए । त्यसपछि खेल खेल बीचैमा रोकिएको थियो ।

    आईपीएल २०२५ हाल ५८ खेलहरू भइसकेको छ । समूह चरणमा खेल्न बाँकी १२ खेलहरू छन्, जसमध्ये दिल्ली, चेन्नाइ, बंगलुर, मुम्बइ, जयपुर र लखनऊमा २, हैदराबाद, अहमदाबादमा ३ र त्यसपछि प्लेअफहरू हैदराबाद र कोलकातामा खेलिने कार्यक्रम थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij