
May 28 2025 | २०८२, जेठ १४ गते
काठमाडौं । तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकी एनी कुँवर रिहा भएकी छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले कुँवर संलग्न रहेको भन्ने पर्याप्त आधार र प्रमाण नरहेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त निर्णयसँगै उनी आइतबार नै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेकी छिन् ।
कुँवर पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि उनी अनुसन्धानमा तानिएकी थिइन् ।
प्रहरीले २५ चैतमा पक्राउ गरेर कुँवरमाथि अनुसन्धान थालेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij