
May 29 2025 | २०८२, जेठ १५ गते
काठमाडौं । नवनियुक्त गभर्नरमा डा.विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।
गत शुक्रबार पेश गरिएको रिट आज दर्ता गर्दै सर्वोच्चले बुधबार पेसीसमेत तोकेको छ ।
गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबफसहित गभर्नर पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश गरिएको हो ।
अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाफ राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी तवरले नियुक्ति गरिएको दाबी रिट निवेदनमा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij