Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

कोशीमा बेपत्ता सशस्त्रका दुबै गोताखोर मृत फेला

कोशीमा बेपत्ता सशस्त्रका दुबै गोताखोर मृत फेला

  • काठमाडौं । कोशी व्यारेजमा अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्रका अर्का गोताखोरको पनि शव फेला परेको छ ।

    images
    images
    images

    आइतबार बिहान शव फेला परेका गोताखोर हुन्, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत जवान सुरज साउद । उनको शव ५५ नम्बरको ढोका नजिक फेला परेको हो ।

    images

    सप्तरीको हनुमाननगर स्थित कंकालिनी नगरपालिका-१ कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारीका क्रममा बिहीबार २ गोताखोर बेपत्ता भएका थिए । तीमध्ये शुक्रबार जवान हरदेव राजवंशीको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा मृत अवस्थामा फेला परेको थियो ।

    उनी नं १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए । त्यहाँ बिहीबारदेखि सशस्त्रको प्रदेशस्तरीय विपद सेमुलेशन अभ्यास शुरु भएको थियो । त्यसक्रममा दिउँसो ३ः१० मिनेट जाँदा राजवंशी र साउद कोशी नदीमा बेपत्ता भएका थिए ।

    दुबैको शव कुरिनटार बाट गएका गोताखोर डीएसपी पुरुषोत्तम भण्डरीको टोलीले फेला पारेको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij