
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा माइक्रो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो अनियन्त्रित भइ आइतबार दिउँसो नालीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–४ की ४६ वर्षीया सुकमाया परियार, तनहुँको आबुखैरेनी गाउँपालिका–१ की १८ वर्षीया मन्जु परियार, माइक्रोका सहचालक तनहुँकै भानु नगरपालिका–८ का २५ वर्षीय कृष्ण परियार छन् ।
त्यस्तै, गोरखाको पालुङटार नगरपालिका–५ का १७ वर्षीय सक्षम राजभाट र लमजुङको राइनस गाउँपालिका–६ की ७० वर्षीया हरिमाया परियार घाइते भएका छन् ।
घाइतेहरूको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij