Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

विधेयक प्रमाणीकरण

सुदूरपश्चिममा दुई विधेयक प्रमाणीकरण

सुदूरपश्चिममा दुई विधेयक प्रमाणीकरण

विधेयक प्रमाणीकरण पछि राजपत्रमा प्रकाशित हुने छ ।

  • काठमाडौं ।  सुदूरपश्चिम प्रदेशमा दुई विधेयक प्रमाणीकरण भएको छ ।

    images
    images
    images

    प्रदेश प्रमुख नजिर मियाँले आइतबार “आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ” प्रमाणीकरण गरेका हुन् ।

    images

    सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएर शुक्रवार प्रमाणीकरणका लागि आएको विधेयक आवश्यक अध्ययन पछि आइतबार प्रमाणीकरण गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए।

    विधेयक प्रमाणीकरण पछि राजपत्रमा प्रकाशित हुने छ । त्यसलगत्तै ऐनका रूपमा कार्यान्वयन हुने छ ।

    आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई कानुनी आधारमा खर्च गर्न अनुमति दिने छ, भने सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने कानुनी आधार तयार गर्ने छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij