
Jul 14 2025 | २०८२, असार ३० गते
काठमाडौं। बबई नदिमा डुबेर दुइजना युवक बेपत्ता भएका छन् ।
बबई गाउँपालिकाको पुरन्धारा छहरा नजिकै पौडी खेल्ने क्रममा आज तुलसीपुरका कुशल बुढामगर र बिधान केसी डुबेर बेपत्ता भएको इप्रका खिलतपुरका प्रमुख इन्सपेक्टर खिमबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार दुवैजना कलेज पढ्ने विद्यार्थी हुन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij