Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

तनहुँ

रोकिराखेको ट्रकसँग स्कुटर ठोक्किदा, १ जनाको मृत्यु

रोकिराखेको ट्रकसँग स्कुटर ठोक्किदा, १ जनाको मृत्यु

  • काठमाडौँ । तनहुँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने थप एक जना घाइते भएका छन् ।

    images
    images
    images

    सोमबार बिहान करिब ११:५५ बजेको समयमा व्यास नगरपालिका-१ अम्रेनीस्थित सडकको बाँयापट्टि रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनिट्रकको पछाडी डुम्रेबाट दमौलीतर्फ आउँदै  गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा व्यास नगरपालिका-१२ छिर्कन बस्ने अन्दाजी २५-३० वर्षका सागर न्यौपानेको मृत्यु भएको तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए । 

    दुर्घटनामा उनीसँगै अन्दाजी ६०-६५ की कृष्णमाया पन्त घाइते भएकी थिइन् । उनीहरूलाई उपचारका लागि रत्नहरी अस्पताल पठाइएकोमा सागरको उपचारका क्रममा मृत्यु भएको डीएसपी थापाले बताए ।

    घाइते पन्तलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रेफर गरिएको, दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको उनले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij