Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

खानेपानी आपूर्ति

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

  • काठमाडौँ। वीरगञ्ज सहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको सङ्कट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्र बाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ । 

    images
    images
    images

    प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ । मुख्य मन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको बताउनुभयो ।

    images

    खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने जानकारी दिँदै उहाँले वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताउनुभयो । 

    साथै सेनाले आफूसँग भएका सातवटा ट्याङ्कर बाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ । यसअघि वन विभागले तीनवटा ट्याङ्कर मार्फत सुक्खा ग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij