
Aug 20 2025 | २०८२, भदौ ४ गते
ललितपुर । सात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि)को लागि ललितपुर क्विन्सले थाइल्याण्डकी वारन्या श्रीलाओङलाई निरन्तरता दिने भएको छ । ललितपुरले बुधबार विज्ञप्ती जारी गर्दै वारन्यालाई अनुबन्ध गरेको ललितपुर क्विन्सले जनाएको छ ।
ललितपुरले पहिलो संस्करणमा टिममा रहेकी वारन्यालाई दोस्रो संस्करणमा पनि निरन्तरता दिएको हो । पहिलो संस्करणमा ललितपुर उपविजेता हुँदा वारन्या टोलीको महत्वपूर्ण सदस्य थिइन् ।
दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा सहभागी हुन वारन्या अर्को साता नेपाल आउने ललितपुर क्विन्सले जनाएको छ । ललितपुरले यसअघि नै थाइल्याण्डकै सेटर पट्राथिप सान्त्रकुनलै अनुबन्ध गरिसकेको छ । सान्त्रकुनले पनि पहिलो संस्करण ललितपुरबाटै खेलेकी थिइन् ।
घरेलु भलिबलमा सफल प्रशिक्षक मध्य एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ ।
टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई अनुबन्ध गरेको थियो ।
ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ ।
इन्फिनिटी ड्रिम्स प्रालीको आयोजनामा एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण यही भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij