
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २५ सयले बढेर तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार चाँदी तोलाको २४८० मा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij