Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

सर्वदलीय बैठक: ‘अहिलेको समस्याको मुख्य कारण नै सरकार हो ।

सर्वदलीय बैठक: ‘अहिलेको समस्याको मुख्य कारण नै सरकार हो ।

  • काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरूले जनहित र जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा प्रतिगामी शक्ति चलमलाउन थालेको बताएका छन्। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले अहिलेका समस्याको मुख्य कारण सरकार नै भएको स्पष्ट पारे।

    onlinepatrika
    Arghakhachi

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चरम बनेका बेला सोही दलको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाएका हुन्। बैठकमा सहभागी अधिकांश नेताले कोरोना भाइरसको महामारीबाट मुलुक र जनतालाई जोगाउन लाग्नुपर्ने सरकार पार्टीभित्रको आन्तरिक कलह, भ्रष्टाचार, अनियमितता र अन्य दल विभाजन गराउनेजस्ता गतिविधिमा संलग्न भएको आरोप लगाए। प्रधानमन्त्रीले संविधान, कानुन, देश र जनताभन्दा आफूलाई केन्द्रमा राख्दा लामो संघर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा उत्पन्न हुने अवस्था आएको टिप्पणी उनीहरूको थियो।  

    AGNI GROUP

    सरकारले जनमतको अपमान गरेकाले शासन सञ्चालन गर्ने नैतिक आधारसमेत गुमाएको विपक्षी नेताहरूले बताए। सहभागीले सरकारले जनताको पक्षमा काम गर्न नसकेको, भ्रष्टाचार बढेको, सरकार राम्रोसँग सञ्चालन नभएको, जनताको कामभन्दा पार्टीको आन्तरिक विवादमा फसेको र सडकमा प्रतिगामीले मुन्टो उठाउने अवस्था सरकारकै कारणले आएको बताए।  यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij