Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

स्वर्गीय लामू अमात्य नेपालको पहिलो नर्स

स्वर्गीय लामू अमात्य नेपालको पहिलो नर्स

  • काठमाडौं । सरकारले स्वर्गीय लामू अमात्यलाई नेपालको पहिलो नर्सको उपाधी प्रदान गरिएको छ । स्वास्थ्य मन्त्रालयले गत वैशाख २७ गते एक कार्यक्रम गरी अमात्यलाई पहिलो नर्सको उपाधी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य मन्त्री गगन थापाले स्वर्गीय अमात्यको छोरा योगेश्वर अमात्यलाई पहिलो नर्सको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यसअघि गत ७ फागुनको मन्त्रीस्तरीय निर्णयबाट लामूलाई पहिलो नर्स घोषणा गर्ने निर्णय गरेको थियो ।

    AGNI GROUP

    pra.jpg

    विसं १९८८ माघ १४ गते जन्मिएकी लामू २०६९ जेठ १९ गते निधन भएको थियो। उनले २०१२ साल फागुन ३० गतेदेखि नेपालमा नर्सका रुपमा सेवा दिन थालेकी थिइन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तालिम परियोजनाबाट उनले काम सुरु गरेकी थिइन्। उनले भारतबाट २०११ साल साउनमा नर्सिङ कोर्स पूरा गरेकी थिइन्।

    lamu-amatye-e1493574065318.jpg

    यसअघि नर्स उमादेवी दासले पनि आफू नेपालको पहिलो नर्स भएको दाबी गरेकी थिइन्। दुई जनाको दावीका बीच मन्त्रालयले गत २७ गते आधिकारिक रुपमा पहिलो नर्स घोषणा गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट