Jun 10 2026 | २०८३, जेठ २७ गते
रुपन्देही । बुटवल–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको करोडौँको चोरी प्रकरणमा चकित पार्ने तथ्य खुलेको छ। पसलका सञ्चालक र कर्मचारीले नै योजनाबद्ध रूपमा चोरीको नाटक रचेको खुलेको छ । प्रहरीका अनुसार पसल सञ्चालक दिपक बिक र कामदार नविन बिकले प्रहरीलाई चोरले सटरको साँचो तोडेर भित्र प्रवेश गरी सेफ फुटाएर करिब रु १ करोड ४७ लाख बराबरका सुनचाँदीका गरगहना चोरी गरेको भन्दै निवेदन दिएका थिए ।
तर घटनाको सूक्ष्म अनुसन्धानका क्रममा उक्त चोरी वास्तविक नभई बिमाको रकम खानको लागि योजनाबद्ध रूपमा रचिएको नाटक भएको खुल्यो ।
प्रहरीले सञ्चालक दिपकको घरबाट ५ तोला ४।१ लाल सुन र १४ केजी ३०० ग्राम चाँदीका सिक्का, दाना र ढिक्का बरामद गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij