Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

बिनामाथि बदमाशी

बिनामाथि बदमाशी

  • काठमाडौं । खानेपानी मन्त्री बिना मगरको नामबाट नक्कली ट्वीटर एकाउण्ट बनाई अनावश्यक विषयहरु ट्वीटर मार्फत पोष्ट गरिएको सम्बन्धमा मन्त्रीको सचिवालयले भ्रमित नहुन सबैमा अपिल जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ट्वीट गरिएका कतिपय विषयले आम मानिसमा भ्रम सिर्जना गरेकाले यस्तो नक्कली एकाउण्ट बन्द गरिदिन नेपाल प्रहरीको साइबर ब्युरोमा अनुरोध गरिएको मन्त्रीको निजी सचिव गुणराज श्रेष्ठद्वारा जारी गरिएको अपिलमा उल्लेख गरिएको छ ।

    AGNI GROUP

    मन्त्रीको निजी सचिव श्रेष्ठले भने ‘मन्त्रीज्यूको नाममा खोलिएको नक्कली ट्वीटर एकाउण्टबाट अनावश्यक विषयहरु ट्वीट गरी सञ्चार जगत र आम नागरिकहरुमा भ्रम सिर्जना गरिएकाले उक्त एकाण्ट बन्द गर्न प्रहरीमा अनुरोध गरिसकिएको छ।’ 

    ‘उक्त नक्कली ट्वीटरमा पोष्ट गरिएका सामग्रीबाट भ्रमित नहुन सञ्चारकर्मी एवं सम्पूर्ण नेपालीहरुमा अनुरोध गर्दछौं ।’ श्रेष्ठद्वारा जारी गरिएको अपिलमा उल्लेख गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij