Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं – पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच आज पनि छलफल हुने भएको छ । प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएसँगै विभाजनतर्फ उन्मुख भएको नेकपाको विवाद तत्कालका लागि टरेको छ। अध्यादेश फिर्ता लिन ओली तयार भएसँगै संसदको विशेष अधिवेशन बोलाउनका लागि ओली इतरको समूहले गरेको प्रक्रिया पनि रोकिएको छ ।
त्यस छलफलमा संवैधानिक पदहरुमा नियुक्तिका विषयमा छलफल हुनेछ । साथै पार्टीको सचिवालय बैठक हुँदै स्थायी समितिमा पुगेका अध्यक्षद्वयका प्रस्तावका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij