Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

दुई अध्यक्षबीच छलफल सकियो, के भयो त छलफल ?

दुई अध्यक्षबीच छलफल सकियो, के भयो त छलफल ?

  • काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रचण्ड निवास खुमलटारमा उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको हो । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको बताउनुभयो ।

    AGNI GROUP

    “सधैँ बालुबाटारमा हुने छलफल यसपटक प्रचण्ड निवास खुमलटारमा भएको हो”, उहाँले भन्नुभयो, “आज भएको भेटघाट पनि दुई अध्यक्षबीच पार्टी विवादलाई निकास दिन यसअघि भइरहेका छलफलको निरन्तरता हो ।”

    दुई अध्यक्षबीच छलफल भइरहँदा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागी हुनुभएको थियो । पार्टीको स्थायी कमिटी बैठक चलिरहँदा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल गरिरहनुभएको छ । आइतबार स्थायी कमिटी बैठक डाकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij