Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गरेलगतै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक छलफल तिब्र पारेका छन्।
आफू निकट नेताहरुलाई खुमलटार बोलाएर छलफल गर्न लागेको उनी निकट स्रोतले जानकारी दिएको छ। प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु खुमलटार जादै छन्। नेकपाको ओली इतर समूहले आजको स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री ओलीमाथि कारवाही गर्ने तयारी गरेको छ। आजै १ बजेका लागि स्थायी कमिटी बैठक सुरु हुने तय भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij