
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडाैँ । धनुषा गस्तीमा खटिएका प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ । लुटेरा समूहको आक्रमणबाट घाइते हुनेमा बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल छन् ।
महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।
प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएकाे प्रहरी प्रमुख रजौरेले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij