Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।
मन्त्री सुडीले विधेयकमा सुधारको आवश्यकता भएक बताउँदै बालसुधार गृहका लागि यो विधेयक उपयोगी हुने धारणा राखे । ‘संघीय सरकारको मातहतमा पाँच वटा बालसुधार गृह छन्, चार वटा गैरसरकारी संस्थाबाट सञ्चालन भएका छन्’, उनले भने, ‘बालसुधार गृहमा देखिएका समस्या समाधान गर्न विधेयक ल्याइएको हो । बालबालिकाको हकमा छुट्टै न्यायालयको व्यवस्था हुनेछ ।’
छलफलमा सांसदहरू वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, रणकुमारी बलम्पाकी मगर, ठाकुरप्रसाद गैरे, प्रकाश ज्वाला, विमला सुवेदी, सुशीला सिर्पाली ठकुरी, भगवती चौधरी, सराज अहमद फारुकी, ज्ञानु बस्नेत सुवेदी, रमा कोइराला पौडेल, जावेदा खातुन जागा, बिजुला रायमाझी, विद्या भट्टराई, हर्कमाया विश्वकर्मा, प्रेम सुवाल, प्रतिमा गौतम, सपना राज भण्डारी र प्रेमबहादुर महर्जनले भाग लिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij